धरान: नेपाल तामाङ घेदुङ नगर समितिमा पुनः प्रेम वाइवाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार धरान ८ स्थित घेदुङको आफ्नै भवनमा आयोजित १० औं साधारणसभाबाट वाइवाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको हो । अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको घेदुङले जनाएको छ । समितिको प्रथम उपाध्यक्षमा लोकबहादुर थिङ र द्धितिय उपाध्यक्षमा मिनाकुमारी तामाङ चयन भएका छन् भने सचिवमा सम्फर योञ्जन तामाङ, सचिवमा सुर्यबहादुर घिसिङ तामाङ र कोषाध्यक्षमा साधना तामाङ चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा रनमाया तामाङ, रामकुमार तामाङ(सिगार), मानबहादुर तामाङ, छत्रबहादुर तामाङ, राजेन्द्र प्रसाद तामाङ, प्रशन्न स्याङ्बो, टिका पाख्रिन, माया गोले र चित्रा पाख्रिन चयन भएका छन् । दुई सदस्य पछि कार्यसमिति बैठकले थप गर्ने अध्यक्ष वाइवाले जानकारी दिए । घेदुङको साधारणसभा केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्य, घेदुङ जिल्ला अध्यक्ष सुरज लामो बिशिष्ट आतित्थमा सम्पन्न भएको थियो ।