धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विश्वप्रसिद्ध हल्ट पुरस्कारका बारेमा त्यहाँ अध्यनरत विद्यार्थीहरुलाई जानकारी दिइएको छ । सन २००९ बाट सुरु भएको यो पुरस्कारलाई प्लान मेकर फेक्ट्रीकोरुपमा समेत लिइन्छ । युवा बेरोजगारी मुख्य नारा रहेको यो बर्षको हल्ट पुरस्कारका लागि त्रिभुवन विश्वविद्यालयभित्र अध्ययनरत सम्पुर्ण युवाहरूलाई युवा वेरोजगार नियन्त्रण सम्बन्धी आफ्नो प्रस्तावना प्रस्तुत गर्न आग्रह गरिएको छ । उत्कृष्ट प्रस्तावना ३ चरणमा चुनिने छ ।

पहिलो चरण नेपालको लागि पुल्चोक इन्जिनियरिङ कलेजमा हुनेछ भने दोश्रो चरणको लागि २५ वटा राष्ट्र सम्मीलित प्रस्तावनाहरुबीच प्रतिस्पर्धा हुनेछ । फाइनल चरणको प्रतिस्पर्धा भने अमेरिकामा हुने हल्ट पुरस्कार केन्द्रीय प्रविधि क्याम्पस प्रतिनिधि समिक्षा प्रधानले बताइन् । युवाहरुसँग सम्बन्धित बिषय(थिम) भएकोले उत्कृष्ट आइडिया सिर्जना गर्न सकिएमा बढ्दो बेरोजगारी हटाउन यो पुरस्करले सहयोग गर्ने समेत उनले बताइन ।

उत्कृष्ट आइडिया(प्रस्तावना) सिर्जना गर्ने ब्यक्ति वा समुहले एक लाख अमेरिकी डलर जित्ने छ । यो पुरस्कारका लागि www.hultprizeat.com/ioe वेब साइडमा फ्री रजिस्ट्रेसन फरम भर्न सकिने प्रधानले जानकारी दिइन् ।