पथरी : लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमवार मोरङको पथरीशनिश्चरे नगरस्थित हसन्दहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पथरीशनिश्चरे महिला फेडेरेशन र ओरेक नेपालको सहकार्यमा पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कार्यक्रमका सहभागीले परिवर्तन आफैबाट सुरु गरेर हिंसा अन्त्यको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, ओरेक विराटनगर प्रमुख दीपक सेञ्चुरी, ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, वडा सदस्य जानुका तिम्सिना, पथरीशनिश्चरे महिला फेडेरेशनका नगर अध्यक्ष गोमा दहाल, ६ नम्वर वडा सचिव मीना वर्मा, स्वास्थ्य चौकी हसन्दहकी सिनियर अनमि कोपिला खतिवडा लगायतले वोलेका थिए ।