विराटनगरःनगर बाल क्लब संजालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धि सचेतना शिविर सम्पन्न गरेको छ ।

विराटनगर महानगरपालिकाको सहयोगमा वडा नम्बर १८ मा रहेको जनक आधारभूत विद्यालयमा शनिवार आयोजना गरिएको थियो । कार्यक्रममा महिनावारी भएका छात्राहरुलाई प्याड पनि वितरण गरिएको थियो । महानगरका प्रमुख भिम पराजुली, उपप्रमुख इन्दीरा कार्कीले प्याड वितरण गरेका थिए । शिविरमा छात्राहरुलाई समूह समूहमा विभाजन गरेर महिनावारीको बिषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए ।

प्रमुख पराजुलीले समाजमा अझै पनि महिनावारी, यौन प्रजनन् जस्ता बिषयहरुमा खुलेर छलफल नहुदा समस्या सृर्जना भइरहेको बताए । उपप्रमुख कार्कीले विद्यार्थीहरुलाई पठनपाठनमा सहज बनाउन महिनावारी हुदा विद्यालयमा नै सरसफाईको आवश्यक सामग्री उपलब्ध गराउने बताइन् । बाल क्लबका अध्यक्ष श्याम गुप्ताका अनुसार अझै पनि धेरै छात्राहरुले महिनावारीको समयमा विद्यालय छोड्ने गरेको बताए । धेरै जसो छात्राहरुले महिनावारी हुदा कपडा मात्र प्रयोग गर्ने गरेको पाइएको उनले जानकारी दिए । 'कतिपयले त महिनावारीको समयमा कपडा र प्याड दुवै नै प्रयोग नगरेको पनि पाइयो,' उनले भने ।