धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानअन्तर्गतको सामाजिक उत्तर दायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी च्याप्टरले एक दिने बेसिक लाइफ सपोर्ट कार्यशाला सम्पन्न गरेको छ । प्रतिष्ठानकै डीपार्टमेन्ट अफ जनरल प्राक्टिस एन्ड इमेर्जेन्सी मेडिसिनको सामन्वयमा एक दिने कार्यशाला आयोजना भएको हो । प्रतिष्ठानमा स्नातक तहमा पढिरहेकय विद्यार्थीलाई उक्त कार्यशालामा सहभागी गराइएको थियो । उनीहरुलाई इमेर्जेन्सी अवस्थामा कसरी कार्डियो पल्मोनरी आगरणको सही प्रयोग गर्नेबारे तालिम दिइएको थियो । इमेर्जेन्सी मेडिसिन विभागका ८ जना प्रशिक्षक डक्टरहरुले बिभिन्न इमेर्जेन्सी अवस्थाहरुको सिर्जना गरी कुन अवस्थाको बिरामीलाई कसरी व्यवस्थापन गर्नेबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ५० विद्यार्थीहरु सहभागी थिए ।