इनरुवा:सुनसरीको दुहवी नगरपालिकास्थित सुनसरी सामुदायिक अस्पतालले एम्बुलेन्स चालकहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ ।

जाडो मौसममा सेवामा कुनै किसिमको समस्या आउन नदिन एम्बुलेन्स चालकहरुलाई न्यानो ज्याकेट प्रदान गरेको अस्पतालले जनाएको छ । दुहबी वडा नम्बर ३ स्थित रहेको अस्पतालले ११ जना एम्बुलेन्स चालकहरुलाई न्यानो ज्याकेट प्रदान गरेको अस्पतालका सञ्चालक सन्तोष कुमार सिंहले बताए । उनका अनुसार ती एम्बुलेन्स चालकहरुले सुनसरी क्षेत्र भित्र रहेका सोनापुर, खनार, छाताबेली, चाँनदबेला, भोमरी, अराबोनि, बरछावा, छिटाहा, भलुवा लगायत क्षेत्रमा बिमारीहरुलाई सेवा दिदै आएका छन् ।