धरान: बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा रहेको लियो क्लब अफ धरान घोपा युनाइटेडले आफ्ना सदस्यहरुका लागि क्लब अफिसर प्रशिक्षण गोष्ठी आयोजना गरेको छ ।

६१ औ अन्र्तराष्ट्रिय लियो दिवसको अवसरमा आयोजित गोष्ठीमा लायन्स क्लब अफ बिराटनगर युनाइटेडका लायन रोसन खड्का र लायन नविन अधिकारीले क्लबका विभिन्न पदहरुको बिषयमा अभिमुखिकरण प्रशिक्षण दिएका थिए । पढाइलाई प्राथमिकता दिदै व्यक्तित्व विकासकालागि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुन प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.बिकास साह र सहप्रवक्ता डा. अशोक ऐरले सुझाव दिएका थिए ।

प्रतिष्ठानमा एम.बि.बि.एस., बि.डि.एस., नर्सिङ र बि.एम.आइ.टी. पढ्दै गरेका विद्यार्थीहरुले मिलेर प्रतिष्ठानभित्र लियो क्लब अफ धरान घोपा युनाइटेडको स्थापना गरेको जानकारी गोष्ठी आयोजक समितिका अध्यक्ष युकेस कुसीले दिए । लियो क्लब अफ धरान घोपा युनाइटेडले आयोजना गरेको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा एक सय २० भन्दा बढीको सहभागी थिए । कार्यक्रमले आउने दिनहरुमा समाजप्रति उत्तरदायी हुँदै शिक्षा, स्वास्थ र व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने क्लबका सदस्य तथा कार्यक्रम सञ्चालक शुभम कुमार अग्रवालले बताए ।