धरान:महेन्द्र बहुमुखी क्याम्पस धरानमा मंगोल विधार्थी युनियन क्याम्पस इकाई सभा गठन भएको छ । संयोग राईको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस इकाई सभा गठन भएको हो।

सभाको सचिवमा युबराज राई अलौकिक मान्छे,कोषाध्यक्ष सन्ध्या लिम्बु र सह सचिवमा शान्तिकला राई रहेका छन् । क्याम्पसको सभा हलमा बिहिबार सम्पन्न भेलामा मंगोल विद्यार्थी युनियनका केन्द्रीय संयोजक अडिल खम्बू प्रमुख रहेका थिए । कार्यक्रममा क्याम्पस स्ववियु सभापति सर्गम सागर चेम्जोङ लगायत नेवि संघ, अनेरास्ववियु, समाजवादी विधार्थी फोरम, अनेरास्ववियु क्रान्तिकारीका विधार्थी नेताहरुको उपस्थिति रहेको थियो। यता मूल संगठन एम एन ओ( डाड्ड गोपाल गुरुङको तर्फबाट भने केन्द्रीय सभा कोषाध्यक्ष दिनेश बान्तवा, केन्द्रीय युवा सभा संयोजक अमित याक्खा, सुनसरी जिल्ला सभा अध्यक्ष काजीराम राई लगायतको उपस्थिति रहेको थियो।