एजेन्सी । तपाईले सुन्नु भएको होला ग्रीन टि हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । तर के यो कुरा सत्य हो ? ग्रीन टि पिउनुमा फाइदा मात्र नभएर बेफाइदा पनि रहेको छ । हेरौ ग्रीन टिसँग जोडिएका आवश्यक तथ्य । प्राय मानिसहरु ज्यादा ग्रीन टि पिउनाले वजन कम हुन्छ भन्ने गर्दछन् तर ज्यादा ग्रीन टि पिउनाले टाउको दुख्ने, डायरिया हुने जस्ता समस्या देखा पर्दछन् । वजन घटाउन प्रतिदिन ३ कप ग्रीन टि नै काफी हुन्छ ।

ग्रीन टि पिउनुको सहि समय दिउसो हो । ग्रीन टि विहान खाली पेटमा पिउदा यसमा रहेको केफीनले एसिडिटी बढाउने गर्दछन् । निन्द्राको बिषयमा पनि साधारण चिया पिउदा हुने असर बराबर नै ग्रिन टिले गर्ने गर्दछ । ग्रीन टीमा पाइने केफीनको कारणनै निन्द्रामा असर हुने हो ।

ग्रीन टि जति पुरानो भयो त्यति फाइदा गर्छ भन्ने चलन छ । तर ६ महिना भन्दा पुरानो ग्रीन टि नपिएकै राम्रो हुन्छ यसमा रहेको एन्टीअक्सीडेन्टको पावर कम हुदै गएको हुन्छ । त्यस्तै ग्रीन टि ज्यादा पिउदा साइड इफेक्ट्स हुन्छ । ज्यादा ग्रीन टि पिउनाले हड्डि कमजोर हुन सक्छ र अनीमियाको समस्या बढ्न सक्छ । गर्भावस्थामा ग्रीन टि पिउदा फाइदा भन्दा पनि बेफादा हुन सक्छ । ग्रीन टिमा हुने केफीन र टेनिनका कारण गर्भवती महिलालाई नोक्सान पुर्याउने हो ।हाम्रा कुराबाट