इटहरी:उपमहानगरपालिका वडा नम्वर २ को कार्यालय भवन शिलन्यास गरिएको छ ।

आइतबार एक समारोहबीच इटहरीका मेयर द्वारिकलाल चौधरीले भवनको शिल्यान्यास गरेका हुन् । तल्लो तलामा पाँच वटा कोठा र माथिल्लो तलामा सभाहल रहने गरी भवन निर्माणको योजना रहेको वडा नम्वर २ का अध्यक्ष हर्क वहादुर मगरले बताए । करिव ९७ लाख लगत अनुमान गरिएको वडाध्यक्ष मगरले जानकारी दिए । सुन्दरदेवी मन्दिर परिषरमा तीन कठ्ठा क्षेत्रफलमा भवन निर्माण थालिएको हो ।

इटहरीका आफनै वडाकार्यालय भवन नरहेका वडाहरुमा भवन निर्माणको सुरुवात वडा नम्वर २ वाट गरिएको वडाध्यक्ष मगरले वताए ।