पथरी : नयाँ विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा निम्त्याइने अतिथिको विषयमा पथरी वहुमुखी क्याम्पसमा विवाद देखिएको छ ।

पथरी वहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गर्ने नयाँ विद्यार्थी स्वागत कार्यक्रममा नेपाल विद्यार्थी संघले नेपाली काग्रेसका नेता प्रदिप पौडेललाइ प्रमुख अतिथि बोलाउने भएको छ । तर, प्रमुख अतिथिको बिषयमा एकलौटी निर्णय गरेको भन्दै अखिल र अखिल क्रान्तिकारी विरोधमा छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघको वहुमत रहेको छ । त्यही बहुमतका आधारमा नेपाली काग्रेसका नेतालाई प्रमुख अतिथि बनाउन लागिएकोे अखिलका क्याम्पस अध्यक्ष जनक पोख्रेलले बताए । पोख्रेलले भने, 'हामीसंग समन्वय नै गरिएको छैन, हामी कार्यक्रम वहिष्कार गछौ ।'

कार्यक्रम सोमबार हुने तय गरिएको छ । विद्यार्थी नेता भनेर सत्ता पक्षको चिरहरण गर्न पौडेललाई नेविसंघले पथरी ल्याउन लागेको पोख्रेलले आरोप छ । विद्यार्थीहरुबीचमा केहि दिन अघि निर्मलाको न्यायको लागि आयोजना गरिएको ¥यालीमा पनि विवाद देखिएको थियो । कार्यक्रममा नेविसंघका कार्यक्रर्ताले प्रधानमन्त्री र सरकार विरुद्ध चर्का नारा लगाएका थिए । सवै विद्यार्थी संगठनलाइ जानकारी नदिइ प्लेकार्ड वनाएको प्रति अखिल असन्तुष्ट थियो ।