इटहरी :  इटहरी स्थित डाँफे एजुकेशन फउण्डेशनले निःशुल्क कम्प्युटर र अंग्रेजी भाषाका कक्षा सञ्चालन गर्ने भएको छ ।

सामाजिक कार्यमा सक्रिय युवा विकास केन्द्र र डाँफे एजुकेशन फाउन्डेसनको सहकार्यमा कम्प्युटर र अंग्रेजी भाषाको कक्षाहरु सञ्चालन हुने भएको हो । आइटी साक्षरता अभियान अन्तरगत सुनसरीमा ५ सय विद्यार्थीलाई आइटी शिक्षा प्रदान गर्ने लक्ष्य रहेको युवा विकास केन्द्र इटहरीले जनाएको छ । उक्त कक्षामा ५० जनाले भने निःशुल्क पढन पाउनेछन् छन भने दक्षलाई रोजगारीकोलागी पनी पहल गरीने जानकारी दिएको छ ।

जसमा दलित र अदिवासी १० जना, अनाथ, असहाय र अपाङ्ग १०, एकल महिलारद्धन्द पिडीत १० जना, गरिब तथा जेहेन्दार १० जना र मधेशी तथा मुसलमान १० जनालाई निःशुल्क कक्षाको व्यवस्था गरिएको डाँफे एजुकेसन फाउन्डेसनका सञ्चालक दुर्लभ कार्कीले जानकारी दिए । यसको लागि फारम भर्ने अन्तिम मिती पौष ६ गते सम्म रहेको फाउन्डेसनका सञ्चालक कार्कीले बताए ।