इनरुवा : इनरुवा नगरपालिकाका इञ्जिनियर इन्द्रानन्द साहमाथि कार्यकक्षमा हातपात भएपछि मंगलबार कर्मचारीहरुले काम ठप्प पारेका छन् । कर्मचारीहरुले कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

मंगलबार स्थानीय राजिव मेहताले इञ्जिनियर साहमाथि हातपात गरेका थिए । हातपातविरुद्ध आन्दोलित कर्मचारीहरुले मंगलबारै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दोषी उपर कारबाहीको माग गर्दै उजुरी पनि दिएका छन् । कर्मचारीहरुले कामकाज ठप्प पारेपछि सर्वसाधारणहरु मर्कामा परेका छन् । उनीहरुले भयरहित वातावरणमा काम गर्ने अवस्था नबनेसम्म नफर्कने पनि घोषणा गरेका छन् ।

photo 2 14

इञ्जिनियर साहले मापदण्ड विपरीत सिफारिश गर्न नसक्ने बताएपछि आफुमाथि हातपात भएको दाबी गरेका छन् । प्रहरीले अनुसन्धानको लागि आरोपित साहलाई नियन्त्रणमा लिइसकेको छ । नगर प्रमुख राजन मेहताले घटना निन्दनीय भएको प्रतिक्रिया दिदै कर्मचारीहरुलाई काममा फर्कने वातावरण तयार गर्न आफु लागिपरेको बताए ।