पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।
विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले आज एक कार्यक्रमकाबीच त्यहाँ अध्ययनरत सवै ५० जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा स्वीटर वितरण भएको हो । वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्य अरुणा राई, अग्नी गुरुङ, सीता भुसाल र पर्शुराम न्यौपानेले १५ हजार रुपैयाँ बराबरको स्वीटर किनेर विद्यालयलाई प्रदान गरेका हुन । यसअघि पनि उनीहरुले ५० हजार रुपैयाँ बराबरको भौतिक सामग्री खरिदमा सहयोग गरेका थिए ।