दमक ः बोनम्यारो क्यान्सर पीडित विद्यार्थीलाई दाहाल प्रतिष्ठान नेपालको हरिप्रसाद गौरादेवी दाहाल असहाय कोषबाट आर्थिक सहयोग गरिएको छ ।

झापाको दमक–३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बोनम्यारो क्यान्सरबाट पीडित अनुप बस्नेतलाई ५१ हजार रुपैयाँ सहयोग गरिएको प्रतिष्ठानले जनाएको छ ।
बुधबार आर्थिक सहयोगबापतको सो रकम पीडित बस्नेतलाई कोषका अध्यक्ष पुण्यप्रसाद दाहाल, प्रतिष्ठानका सहअध्यक्ष दुर्गा दाहाल र कोषका उपाध्यक्ष हरिहर दाहालले संयुक्त रूपमा प्रदान गरेका हुन् । दाहाल वंश प्रतिष्ठान नेपालको दमकस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सो रकम प्रदान गरिएको हो ।
बोनम्यारो पीडित बस्नेतको थप उपचारमा सहयोग पु¥याउने उद्देश्यले प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।