अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ ।

मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ । यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ ।

बिना अप्रेशन पायल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय:
पाइल्सको उपचार गर्ने घरेलु उपाय
– करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे पाइल्स निको हुन्छ ।

– निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई आधा तोलाको दरले खाने गरे खटिरा सुकेर जान्छ।

– प्याजको रस महमा मिसाएर खाने गरे खुनी बबासीर निको हुन्छ ।

– पाँच मासा तुलसीको गेडामो धुलो पानी सित पिउनाले पाइल्स निको हुन्छ ।

– बेसारको चुर्ण दुधमा मिसाएर लेप गर्नाले पुर्ण आराम हुन्छ ।

– पाइल्सको रोगीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्ता सम्म मनतातो पानी संग खाने गरेमा फाइदा गर्दछ ।

– भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ ।

– खुनी बवासीरमा तलाउको नजिकैको हरीयो दुवो माटो भाडामा अलिकति पानी हालेर बसाल्ने त्यसपछि वाफ आउन थालेपछि त्यही वाफले सेकेपछि पिडा
    शान्त हुन्छ ।

– चार तोला कालो तिल शितल जलसित खाने गरेमा वबासीर–पाइल्स निको हुन्छ ।

– भुटेको तिल पिसेर अचार जस्तै केही दिन सम्म निरन्तर सेवन गरेमा लाभ हुन्छ ।

– सुरण, ओल, जिमीकन्दको स–साना टुक्रा वनाई छायामा सुकाएर चुर्ण वनाएर १० मासाको मात्रा विहानै सेवन गरे खुनी–वादी ववासीर निको हुन्छ ।

– आँकको पातमा पाँच थरी नुन लगाई त्यसैमाथी तेल वा अमिलो लगाउने ।

– त्यसपछि ती पात पोलेर त्यसको खरानी एक–एक माषा नियमीत सेवन गरेमा वादी ववासीर निको हुन्छ ।

– पाइल्स अल्काईमा सुठो, शुद्ध भलायोको चुर्ण वनाई समभाग लिएर दुध र गुड –शक्कर मा पकाई लड्डु वनाई १–३ माषा सम्म चिसो पानी सित सेवनगरे ववासीर निको हुन्छ ।

– पाइल्सको फोकामा नीमको तेल दिनहुँ लगाए चाँडै नै आराम हुन्छ ।

– सात ग्राम देखी दश ग्राम गोरखमुण्डी (मसला) को धुलो गाईको दुध सँग पिए निको हुन्छ ।