तेह्रथुम : नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले संस्थापक अध्यक्ष तथा जिल्लाका वरिष्ठ पत्रकार महेन्द्रप्रसाद काफ्लेलाई सम्मान गरेको छ । काफ्लेलाई महासंघले जिल्लाको पत्रकारिताको विकासकालागि महत्वपुर्ण सहयोग पुर्याएको भन्दै तेह्रथुम पत्रकारिता विकास सम्मान-२०७४ ले सम्मान गरेको हो ।

शाखाका संस्थापक अध्यक्ष तथा रेडियो तेह्रथुमका स्टेशन मेनेजर काफ्ले अहिलेपनि पत्रकारितामा क्रियाशील छन् । उनलाई ११ औँ साधारण सभाको अवसरमा विहीबार न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले सम्मान–पत्रसहित नगद ६ हजार ६ सय ५० रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरेका छन् । संस्थापक अध्यक्ष काफ्लेलाई म्याङलुङ नगरपालिका–१ बस्ने तेजबहादुर कार्की र उमादेवी कार्कीले स्थापना गरिदिएको ५० हजार रुपैयाँको अक्षयकोषको व्याजबाट नगदसहित सम्मान गरिएको हो ।
यस्तै शाखाले साधारण सभाका अवसरमा जिल्लामा कार्यरत तीन जना पत्रकारहरुलाई पनि छुट्टा–छुट्टै पुरस्कारहरुबाट पुरस्कृत गरेको छ । शाखाले तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार–२०७४ बाट नवविहानी साप्ताहिकका कृष्णविदुखी गौतम, तेह्रथुम महिला पत्रकारिता पुरस्कार-२०७४ बाट रेडियो तेह्रथुमका गोमा रसाइली र सहयोगी आर्थिक पत्रकारिता पुरस्कार–२०७४ बाट रेडियो मेन्छ्यायेमका विष्णुकुमारी राईलाई पुरस्कृत गरेको हो ।
समाजसेवी राधिका पोखरेल र श्रीमान् डा.सन्जिव सापकोटाले स्थापना गरिदिनुभएको १ लाख रुपैयाँको अक्षयकोष रहेको तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण विदुखी गौतमलाई नगद १२ हजार ७ सय ५० रुपैयाँसहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ । यस्तै म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारीले स्थापना गरिदिएको १० हजार रुपैयाँ अक्षयकोष रहेको सहयोगी आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार विष्णुकुमारी राईलाई नगद १ हजार २ सय ७५ रुपैयाँसहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ । यस्तै म्याङलुङ नगरपालिका–४ बस्ने सोम निरौलाले स्थापना गरिदिएको १० हजार रुपैयाँको अक्षयकोषबाट सन्चालित तेह्रथुम महिला पत्रकारिता पुरस्कार पत्रकार गोमा रसाइलीलाई नगद १ हजार २ सय ७५ रुपैयाँसहित प्रमाणले पुरस्कृत गरिएको छ ।

पत्रकार कल्याण कोष स्थापना, करिब दुई लाख संकलन

नेपाल पत्रकार महासंघ तेह्रथुमले पत्रकारहरुलाई आइपर्ने विपत्तिको घडीमा सहयोग पुर्याएको हेतुले ‘पत्रकार कल्याण कोष–२०७५’ शुभारम्भ गरेको छ । महासंघले पत्रकारिता पेशामा रहेका पत्रकारहरुलाई आइपर्ने विपत्तिको सामना गर्न सहयोग पुर्याएको हेतुले कोषको स्थापना गरेको महासंघका अध्यक्ष नरेश ढुंगानाले बताउनुभयो । कोषमा तेह्रथुममा कार्यरत पत्रकारहरुबाटै स्वेच्छिक रुपमा सहयोग संकलन हुनेछ । साथै अन्य दाताहरुले समेत कोषमा सहयोग गर्न सक्ने र कोषमा सहयोग गर्नेहरुलाई सहयोग रकमका आधारमा उचित सम्मान समेत गरिने तयारी रहेको छ । कोषको शुभारम्भको अवसरमा विहीबार नै झण्डै दुई लाख रुपैयाँ संकलन भएको छ ।


कोषमा साधारण सभाको अवसरमा १ लाख ८४ हजार ८ सय ९८ रुपैयाँ प्राप्त भएको शाखाका अध्यक्ष ढुंगानाले बताउनुभयो । कोषका लागि महासंघका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेबाट ५ हजार ५ सय ५५, केन्द्रीय सदस्य उद्धव तिम्सीनाबाट १० हजार ५ सय ५५, अध्यक्ष नरेश ढुंगानाबाट ५ हजार ५ सय ५५, उपाध्यक्ष भगिश्वर लिम्बुबाट ५ हजार ५, उपाध्यक्ष यशोदा चेम्जोङबाट ५ हजार ५, सचिव प्रकाश धौलाकोटीबाट ५ हजार ५ सय ५५, सहसचिव उमेश नेपालीबाट ५ हजार ५ सय ५५, कोषाध्यक्ष दिपक कट्टेलबाट ५ हजार ५ सय ५५ रुपैयाँ र सदस्य कल्पना लिम्बुबाट ५ हजार ५ रुपैयाँ प्राप्त भएको छ ।


यस्तै महासंघका केन्द्रीय पाषर्द अमृत बाँस्तोलाबाट ११ हजार १ सय ११, सदस्य लोकेन्द्र लिम्बुबाट ११ हजार १ सय ११, सदस्य कृष्णविदुखी गौतमबाट ५ हजार ५ सय ५५ र मानव अधिकार तथा शान्ति समाज तेह्रथुमका अध्यक्ष लक्ष्मीनारायण मिश्रबाट ६ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको छ । यस्तै कोषका लागि न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीबाट ५ हजार १, फेदाप पत्रकार समाजका अध्यक्ष इन्द्र नेपालीबाट ५ हजार ५ सय ५५, नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाका अध्यक्ष अशोक दाहालबाट १ हजार १, म्याङलुङ नगरपालिका–१ का वडाध्यक्ष इन्द्रराज लिम्बुबाट ५ हजार ५ सय ५५ र गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रेमराज फोम्बोबाट ५ हजार १ रुपैयाँ उपलब्ध भएको छ ।


कोषका लागि म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले ५१ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । व्याब्सनका जिल्ला अध्यक्ष प्रेमबहादुर खड्काले सबै निजी विद्यालयबाट कम्तिमा एक–एक हजार रुपैयाँका दरले ३० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ । कोषमा ५ सय रुपैयाँसम्म सहयोग गर्नेलाई स–धन्यवाद रसिद उपलब्ध गराइने महासंघले जनाएको छ ।
यस्तै ५ सय १ देखि १ हजार रुपैयाँसम्म सहयोग गर्नेलाई प्रमाण पत्र, १ हजार १ देखि ५ हजारसम्म सहयोग गर्नेलाई फ्रमिङ सहितको प्रमाण पत्र र ५ हजार १ भन्दा माथि सहयोग गर्नेलाई माथिका सबै सहित भित्तेलेखन गरिने निर्णय गरेको महासंघका अध्यक्ष ढुंगानाले बताए । महासंघले पत्रकार कल्याण कोषका लागि सहयोग गर्न समेत सबैसँग आग्रह गरे । कोषलाई कम्तिमा ५ लाख रुपैयाँको बनाउने र सोही कोषबाट नेपाली पत्रकारिताको क्षेत्रमा पत्रकारहरुलाई आइपर्ने विपत्तिमा सहयोग पु¥याउने महासंघले जनाएको छ ।


शाखाको ११ औँ साधारण सभाको सन्दर्भमा जिल्लाको पत्रकारिताको अवस्था, चुनौती र अवसर तथा सन्चार क्षेत्रको विकासमा स्थानीय तहको भुमिका विषयक अन्तरक्रिया समेत भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रेस स्वतन्त्रताको पक्षमा जोड दिएका छन् । वक्ताहरुले सञ्चार क्षेत्रको विकास र दिगोपनाका लागि स्थानीय तहको भूमिका महत्वपुर्ण हुने बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका सस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार महेन्द्र प्रसाद काफ्लेले जिल्लामा पत्रकारिताको विकास र वर्तमान पत्रकारको अवस्थाको, चुनौती तथा स्थानिय तहको भुमिकाका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो । मुलुकमा माओवादी द्धन्दका कारण स्थानीय पत्रपत्रिका माथि सेन्सरसीप पत्रकारिताको प्रमाण बोकेर माओवादी र सरकारको एजेन्ट बन्ने कारण पत्रकारहरुको पत्रकारीतामा धेरै कष्ट झेल्नु परेको, पत्रकारिता गर्दा पत्रकारलाई सामान्य जिवन धान्ने अवस्था सम्म पत्रकारीता पेशबाट आयश्रोत सम्भावना नरहेको, न्युनतम पारिश्रमीकको आधारमा पनि पत्रकारहरु परजिवि बन्नु नपर्ने अवस्था बन्दै गएको कुरा कार्यपत्रमा उल्लेख रहेको छ ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नरेश ढुंगानाले जिल्ला शाखा तेह्रथुमको ११ औँ साधारण सभा सम्म आइपुग्दाको अवस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ । सूचना तथा सन्चार मन्त्रालय अन्तर्गतको न्युनतम पारीश्रमिक निर्धारण समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष गंगाधर पराजुलीको प्रमुख आतित्थतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सीना, पुर्वसांसद तेजमान तुम्बाहाम्फे, म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फे, नेकपाका नेता भुपतिलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, धनकुटा पत्रकार महासंघका पुर्वअध्यक्ष विजय सन्तोषी राई, गैरसरकारी संस्था महासंघ नेपाल तेह्रथुमका अध्यक्ष प्रेम फोम्बो, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति श्रीकृष्ण दाहाल, प्याब्सन तेह्रथुमका अध्यक्ष प्रेमबहादुर खड्का, महिला मानव अधिकारकालागि एकल महिला समुह तेह्रथुमका अध्यक्ष विमला देवी श्रेष्ठ लगायतले आ–आफ्नो धारण राख्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महसंघका जिल्ला अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा भएको थियो ।