पथरी : पथरीमोरङ्गको पथरीशनिश्चरे स्थित पथरी बहुमुखि क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस इकाइ कमिटिले खेलकुद सामग्री र पुस्तक वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि सो सामग्री प्रमुख अतिथी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिनानाथ तिम्सिनाले क्याम्पस प्रमुख चेतन पौडेललाइ हस्तान्तरण गरेका हुन । विद्यार्थीहरुको पढाइसङ्गै खेलकुद क्षेत्रलाइ पनि अघि बढाउनको लागि सो खेलकुद सामग्री र पुस्तक वितरण गरिएको अनेरास्ववियुका इकाइ कमिटी अध्यक्ष जनक पोख्रेलले बताए ।


विद्यार्थीहरुको हक हितका लागि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी सधै एक भएर यस्ता कार्य गर्दै अघि बढ्ने अनेरास्ववियु क्रान्तिकारीका प्रकाश चौहानले बताए । खेलकुद सामग्री र पुस्तक गरि करिब पन्ध्र हजार बराबरको सामग्री वितरण गरिएको अध्यक्ष पोखरेलले जनाए।  साबिक नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र साबिक माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु क्रान्तिकारी दुई माउ पार्टिको एकीकरण पश्चात् एक भएर कार्यक्रमहरु गर्दै आइरहेका छन।