धरान । नेपाल मगर संघ प्रदेश नं. १ को प्रथम अधिवेशन शुक्रबारदेखि धरानमा शुरु भएको छ ।

धरान–८ लांगाली सामुदायिक भवनमा शुरु भएको अधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले गरे । संघका केन्द्रीय महासचिब ज्ञानेन्द्र पुनले संविद्यानले मगरहरुको भावनालाई समेट्न नसकेको बताए । तर, आफुहरु सविधान विरोधी नभएको स्पष्ट पारे । ‘संविधानमा हामी मगरहरुलाई समेटिएन, त्यसैले यो सविधान अपुरो अधुरो छ ।’ उनले भने । प्रदेश नं. ४ मा गण्डकी प्रदेश बनाएर मगहरुमाथी ठुलो अन्याय भएको बताए । ऐतिहासिकताको हिसावले मगरात स्वायत्त प्रदेश हुनुपर्नेमा उनले जोड दिए ।

एक पछि अर्को राज्यले आफुहरुको माग सम्बोधन गर्ने छाटकाट नदेखाएको आरोप लगाउँदै संघीय संरचनाअनुसार संगठन विस्तार गरेर कडा रुपमा लाग्ने दाबी गरे । आफुहरुको मुद्धाहरु राज्यले सम्बोधन नगरेसम्म अभियान जारी राख्ने बताए । ‘आफ्नो भाषा, धर्म, संस्कृतिलाई लिपिबद्ध गर्नको लागि सबै अभियानमा लाग्नुपर्छ ।’ महासचिब पुनले भने ‘संगठनमा बसेर काम गर्ने खालको पदाधिकारी हामीलाई चाहिएको हो, संगठनको विद्यान विपरीत चल्ने केन्द्रलाई कदापी मान्य हुँदैन ।’

प्रदेश १ का सांसद झलक सिंह दर्लामीले मगर संघले उठाएको मुद्धाहरुमा आफ्नो पनि भावना समेटिएको बताए । देश धर्म निरपेक्ष भएकोले सबै जातजातीको धर्म संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने कार्य राज्यको रहेको उनले बताए । यसतर्फ आफुले सक्दो प्रदेश सभामा भुमिका खेल्ने प्रतिबद्धता जनाए । सोही अवसरमा, प्रदेश सभा सांसदत्रय दर्लामी, नारायणबहादुर बुर्जामगर र रामबहादुर राना मगरलाई सम्मान गरिएको थियो । उनीहरु प्रदेश १ का सांसद हुन् । यसैक्रममा १ नम्बर प्रदेशका मगर जातीका भाषा, धर्म, संस्कार, संस्कति समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा मगर जातिका सांस्कृतिक नाच समेत प्रर्दशन गरिएको थियो ।

magar 1

कार्यक्रमको अध्यक्षता प्रदेश १ संयोजक समितिका संयोजक शारदा थापा मगरको अध्यक्षतामा भएको थियो । प्रदेश संयोजन समिति गत असार ३० गते गठन भएको थियो । कार्यसमिति भोली –शनिबार) चयन गरिने भएको जनाइएको छ । प्रथम अधिबेशनले ११ जना पदाधिकारीसहित २९ जना सदस्य चयन गर्ने जनाइएको छ । अध्यक्षले १० प्रतिशत सदस्य मनोनयन गर्ने व्यावस्था रहेकोले प्रदेश समिति ४५ सदस्यीय हुने छ । अ

धिबेशसनमा १ नम्बर प्रदेश अन्तर्गतका जिल्ला, जिल्ला समन्वय समिति, महानगर, उपमहानगर समितिका ३÷३ जना प्रतिनिधि र १÷१ पर्यबेक्षकहरुको सहभागीता रहने छ । त्यसैगरी, गाउँपालिका समितिका २÷२ जना र १÷१ जना पर्यबेक्षक गरी जम्मा ३२५ जना प्रतिनिधि पर्यबेक्षकको सहभागीता रहेको संयोजक मगरले बताइन् ।