इटहरी : इटहरी २० तरहरास्थीत जनसहयोग माध्यमिक बिद्यालयका एक शिक्षकले विद्यार्थी कुटेको कुरा गुपचुपमै राखेको पाइएको छ ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी तरहरा तामाङ टोलका १८ बर्षीय सन्जय तामाङलाई गत मंसिर २४ गते सोमबार पढाउने क्रममा शिव राईले हातपात गरेका थिए । कक्षामा हल्ला गरेको भन्दै उनीमाथि हातपात गरेपछि तामाङको टाउकोमा टुटुल्को उठेको पीडित पक्षले बताएका छन् । तथापी, विद्यालयले भने बेवास्था गरेर गुपचुममै मिलाउन खोजेको घटना बाहिरिएको हो । विद्यालयकै एक कर्मचारीका अनुसार कक्षामा हल्ला गर्ने क्रममा उनीमाथी हातपात गरिएको तर, उनले हल्ला नगरेको भएपनि जर्बजस्ती रुपमा हातपात गरिएको थियो । राईले तामाङले हल्ला नगरेको भएपनि हातपात गरेका थिए ।

मंगलबार पीडितका बुबा कनुलाल घिसिङका अनुसार उक्त दिन शिक्षक शिव राईले पिट्ने क्रममा झपारेर टाउको कक्षाको भित्तामा ठोकाएका थिए । ‘पहिलेको समयमा स्कुलले नै जिम्मा लिएको थियो, पछि उ नै (शिव) आएर गल्ती भएको स्वीकार गरेको थियो तर पछि बेवास्ता भयो ।’ आफ्नो छोरो फटाहा नभएको र पढ्ने भएपनि कुटपिटपछि आफू चिन्तित बनेको उनको भनाई थियो । कक्षामा आफ्नो छोराले हल्ला नगरेको भएपनि कुटपिट गरेकाले विद्यालयको मनपरी भएको उनले बताए । ‘आफ्नै गाउँको एउटा स्कूल हो हामीले किन बाहिर फोकस गर्नु भनेका थियौँ,’ उनले आक्रोशित हुँदै भने, ‘अन्तितमा पैसा तिर्ने बेला हुँदा तपाईँ पनि गार्जेन हो बेहोर्नुपर्छ भन्ने छलफल भएछ ।’ आफ्नो बच्चाको टाउको सम्बन्धि चोट लागेको भएपछि समस्या भएको बताउँदै उनले भने, ‘सुरु दिन हामीले न्यूरो हस्पिटल लग्यौँ, त्यो दिन लगभग ११ हजारको बिल आयो, पछि उहाँहरुलाई के संका भयो उहाँहरु पनि जाने भन्नुभयो । पछिल्लो दिन उहाँहरुले खर्च गर्नुभयो तर, कति खर्च भयो थाहा भएन । पहिले स्कूलले हामी नै बेहोर्छौँ भनेको थियो, तर अन्तिममा छलफल गर्दा नहुने भयो ।’

उनले स्कूलले खर्च बेहोर्ने बताएको भएपनि पछिल्लो दिनमा वास्ता नगरेको प्रति आक्रोशित भए । पीडितकी आमा सेतीमाया घिसिङले विद्यालयमा हल्ला हुने भएपनि हल्लाको भरमा नबुझिकन कुटपिट गर्नु आपत्तीको विषय रहेको बताईन् । ‘म पहाडमा थिएँ, पछि आउँदा पो थाहा भयो मनपरी गरेको रहेछ,’ उनले भनिन्, ‘तीन बर्ष सम्म डाक्टरले बोलाएको छ यो समय नसकिकन हामी वार्तामा जादैँनौ ।’
डाक्टरले १४ दिन पछि बोलाएको र तीन बर्ष सम्म लगातार चेकअप गर्नुपर्ने बताएको उनले सुनाईन् । यता, विद्यालयका प्रधानाध्यापक मोहन दाहालले भने, पीडित तामाङको पहिलेको समस्या रहेको बताए । उनले भने, ‘अहिले पढ्न आउँदैछ, डाक्टरले पहिलेको समस्याले हो भनेछ, अभिभावकसँग बसेर अरु गर्न बाँकी नै छ, अस्तिको हामीले गर्यौ ।’ उनका अनुसार अभिभावकसँग बसेर छलफल गर्न बाँकी नै रहेकाले अहिले आँफूहरुले यस विषयमा गम्भीर भएर सोच्ने उनले बताए ।

तस्बिर : गुगलबाट