ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाईम्स दैनिकले “झापाको दशगजामा भारतीय बस्ती” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । झापाको गौरीगञ्ज दक्षिण सीमाक्षेत्र फत्तेपुरस्थित दशगजा क्षेत्रमा वर्षौदेखि भारतीय नागरिकले घर निर्माण गरेर बस्ती बसाले पनि नेपाल सरकारले हटाउन सकेको छैन । भारतको बिहार राज्यको किसनगञ्ज पञ्चायतको फत्तेपुरमा भारतीय नागरिकले दशगजा क्षेत्रमा ६० भन्दा बढी घर निर्माण गरी बसोबास गर्दै आएका छन् । दुई देशको सीमा क्षेत्रमा कम्तिमा दश मिटर क्षेत्र दुवै देशले उपभोग गर्न तथा भौतिक संरचना बनाउन नपाईने अन्र्तराष्ट्रिय नियम रहेको भएपनि नेपालको तर्फबाट सीमा क्षेत्रबाट बलियो उपस्थिति नहुदाँ भारतीय पक्षबाट अतिक्रमण भएको हो । झापाको गौरीगञ्जस्थित फत्तेपुरका बिरेन चौधरी यो क्षेत्रमा वर्षौदेखि भारतीय नागरिकले दशगजा मिचेर बसोबास गरिरहेको जानकारी दिए ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाईम्स दैनिकले “नाम्जेमा मगर मातृभाषाको चिन्ता” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । गाउँ गाउँमा पुगेका सडक सञ्जाल संगै खुलेको परम्परागत बन्द समाजमा आधुनिक जीवन शैलीको प्रभावले समुदायका परम्परागत रहन सहन प्रभावित हुदैँ गएको छ । त्यस्ले सांस्कृतिक अतिक्रमण बढेको छ नै, सबै भन्दा जोखिममा समुदायका मातृभाषाहरु परेका छन् । नेपाललाई विश्वमा भाषा तथा भाषिकाहरु धेरै भएको मुलुकको रुपमा चिनिन्छ । त्यस्ता भाषाहरु ऋादिबासी समुदायका मातृभाषाका रुपमा जीवन्त रहदैँ आएका छन् । जैविक विविधताको शिद्धान्तमा मातृभाषाहरुको अत्यन्तै महत्वपुर्ण भुमिका रहदै आएको मानिन्छ । पछिल्लो समय पर्यटनका लागि गाउँहरु खुला पर्यटकिय बजार बन्न थालेपछि जोखिम अरु बढेको छ । सिएनएले प्रचार गरेपछि पूर्वको नाम्जे अहिले पर्यटकिय गन्तव्य बनेको छ । मगर जातिको राम्रै बसोबास भएको नाम्जेको पर्यटकिय केन्द्र बनेपछि त्यहाको विकास ह्वात्तै बढेको छ । स्थानिय समुदायको जीवनस्तरमा त्यसले सकारात्मक भूमिका खेलेको छ । तर, समुदायबिच मगर मातृभाषा भने लोप हुन लागेको अवस्थामा पुगेकोमा स्थानिय बुढापाकाहरुमा चिन्ता बढेको पाईएको छ । नाम्जेका विर बहादुर मगरले भने, ‘यहाँ बोलिने मगर मातृभाषा हिजो आज लोप हुदैँ गाएको छ, हाम्रा नाति नातिनीले विर्सलान भन्ने चिन्ता छ ।’

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “२ प्रमुख र १८ वडाध्यक्ष रिक्त” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा र संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गा कटुवालको मृत्यु भएको छ । अन्य विभिन्न गाउँपालिका, कार्यपालिकाका सदस्यहरुको पनि मृत्यु, जिल्ला समन्वय समितिमा बढुवा भएको जस्ता कारणले खाली रहेका छन् । ७५३ वटा स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा रहेका छन् । तीमध्ये १८ वडाध्यक्षको पद रिक्त छ । १४ वडाध्यक्षको मृत्यु भएको, २ जनाको जिल्ला समन्वय समितिमा बढुवा भएको, १ जनाले राजिनामा दिएका हुन् र अर्का एक जना जेलमा छन् । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा भने कुनै पनि पदमा उम्मेदवारी नै परेको थिएन । दूधकुण्ड नगरपालिका बाहेक १८ वडाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगको कार्यलयबाट प्राप्त सुचनामा उल्लेख छ ।

उदघोष : विरटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “आयल निगममा वेथिति इन्धन लोड–अनलोड ठप्प” शीर्षकको समाचालाई मुख्य समाचारको रुपामा छापेको छ । निगमभित्रको बेथिति सुधार्ने प्रतिवद्धता जनाएका नेपाल आयल निगम विराटनगर प्रदेश कार्यलय विराटनगरका प्रमुख दिनेशकुमार यादवकै कारण नेपाल आयल निगमको विराटनगर डिपोमा बुधबार दिनभर इन्धन लोड अनलोड हुन सकेन । निगमको बोर्डमा टे««ड युनियनका तर्फबाट आमन्त्रित बोर्ड सदस्य रहेका देवीप्रसाद न्यौपाने बुधबार निगमका कर्मचारीहरुसंगको भेटघाटका लागि आएका थिए । न्योपानेको स्वागत सत्कारमा यादवसहित निगमका कर्मचारीहरु दिनभर तल्लीन हुदाँ इन्धन लोड अनलोड ठप्प भएको हो । एक ट्याङकर इन्धन पनि लोड अनलोड नभएको ट्याङकर व्यवसायीले बताए ।