इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका भुटाहामा रहेको श्री बाल कृष्ण माध्यमिक विद्यालयमा पटक पटक बैठक बसेपनि व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

विद्यालयमा समिति गठनबारे ३ पटक बैठक बसेपनि सफल हुन नसकेपछि स्थानीय नेताहरुले आफुखुशी समिति गठन गरेका छन् । नेताहरुले आफ्ना नातेदार र पार्टीका सदस्यहरुलाई राखेर व्यवस्थापन समिति गठन गरेको भन्दै चर्को विरोध र असन्तुष्टी भइरहेको छ । अभिभावकहरुको अनुपस्थितमा गैरकानुनीरुपमा समिति गठन गरिएको अभिभावकहरुको गुनासो छ । जानकारी नदिई नेताहरुले व्यवस्थापन समिति गठन गरेर अभिभावकहरुको अधिकार खोसेको भन्दै उनीहरु गुनसाो व्यक्त गरिरहेका छन् ।

अभिभावकहरुले गैरकानुनी रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै उक्त समिति विघटन गर्न माग गरी विद्यालयमा लिखित निवेदन दिएका छन । अभिभावकहरुले बिहिबार विद्यालयका प्रध्यानाध्यापकलाई लेखेको निवेदनमा शिक्षा ऐन तथा नियमावली विपरीत गैरकानुनीरुपमा समिति गठन गरिएकोले विघटन गर्न माग गरिएको छ । साथै, उनीहरुले अविलम्ब अभिभावकहरु भेला गरी व्यवस्थान समिति गठन गर्न पनि माग गरेका छन् ।

अभिभावकहरुले बुधबार गठन गरेको समितिमा केही सिमित व्यक्तिहरुले आफ्नो र श्रीमतिको नाम राखेर गठन गरेकोले उक्त समितिमार्फत कुनै पनि काम नगराउन पनि चेतावनी दिएका छन । बिहिबार अभिभावकहरु अकिल अन्सारी, जियाउद्दिन अन्सारी, अलउद्दिन अन्सारी, आलम अन्सारीलगायतले प्रअसमक्ष लिखितरुपमा निवेदन दिएका हुन् ।

48393800_366212540615533_3892820325435441152_n