इटहरी : इटहरीमा बिसिजी खोपबाट बिहीवार एक महिने शिशुको मृत्यु भएको छ ।

भोक्राह–नरसिंह गाउँपालिका–३ शिवगंज टोल बस्ने शिबु खत्वेको एक महिने शिशु शिवम खत्वेको खोप लगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शिशुलाई स्वास्थ्य चौकी भोक्राहाबाट खटिएकी अनमी गोमा ढकालले बिसिजी खोप लगाएकी थिईन । खोप लगाएको केही समय पछी बेहोस भएका शिशुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोप लगाउने स्वास्थ्य स्वयम् सेविका ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।