धरानः सुनसरी टेक्निकल कलेज धरानले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजको प्रांगणमा गरिएको रक्तदानमा १ सय २१ पिन्ट रगत संकलन भएको थियो ।

रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत सबै विभागका विद्यार्थीहरु सहभागीता जनाएको कार्यक्रम संयोजक अमित गुप्ताले बताए । विगत ६ बर्षदेखि विद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराउने उद्देश्यले रक्तदान कार्यक्रम निरन्तर आयोजना गरिएको कलेजका सञ्चालक एवं प्रबन्ध निर्देशक लेखीराज सुब्बाले जानकारी दिए ।