धरान : क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले अष्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै बृहद शैक्षिक सेमिनार गरिरहेको छ । गत पुस ४ गतेबाट सुरु भएको शैक्षिक सेमिनार काठमाडौं देखि पूर्वको विर्तामोड सम्म सञ्चालन भइरहेको छ ।

अष्ट्रेलिया उच्च शिक्षाका लागि विश्वकै उत्कृष्ट गन्तब्य हो भन्ने विद्यार्थीलाई जानकारी गराउनका लागि सेमिनार गरिएको हो । जारी सेमिनारमा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, शैक्षिक प्रणाली, लागत, भिजा प्रकृयाका सन्दर्भमा विस्तृत जानकारी पाउने क्याम्ब्रिजका संस्थापक निर्देशक सिंखडाले बताए । ‘दुई महिना म आफैं अष्ट्रेलिया बसेर त्यहाँका कलेज तथा विश्वविद्यालयको वस्तुगत अवस्था, विद्यमान कानुन तथा नेपाली विद्यार्थीको बसोबासको अवस्था समेत बुझ्ने मौका पाएको थिँए, त्यहि कुरा विद्यार्थीलाई शेयर गर्न सेमिनार आयोजना गरिएको हो ।’ उनले भने ।
गत पुस ४ गते काठमाडौंमा सम्पन्न सेमिनारमा दुई दर्जन बढि विद्यार्थीको सहभागिता रहेको थियो भने, ६ गते शुक्रबार झापाको दमक र ७ गते शनिबार विर्तामोडमा आयोजित सेमिनारमा पनि विद्यार्थीहरुले अष्ट्रेलियन शिक्षा, लागत तथा अष्ट्रेलिया जानुपूर्व अपनाउनु पर्ने सावधानीका बारेमा परामर्श लिएका छन् ।

क्याम्ब्रिजले भोली सुनसरीको इटहरीमा पनि सेमिनार गर्दैछ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट समेत मान्यता पाएको क्याम्ब्रिजले गत वर्षदेखि अष्ट्रेलियालाई केन्द्रित गर्दै काम गर्दै आइरहेको छ । ६ वर्ष अघि सञ्चालनमा आएको क्याम्ब्रिजले अष्ट्रेलियाका चार दर्जन बढि उत्कृष्ट कलेज र विश्वविद्यालयका लागि काम गर्दै आइरहेको छ ।

क्याम्ब्रिजले अष्ट्रेलियाका लागि शैक्षिक परामर्शसँगै आइएलटिएस, टोफल लगायतका भाषा कक्षासमेत सञ्चालन गर्दछ । हाल कयाम्ब्रिजका काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको छभने, नयाँबानेश्वर, विर्तामोड, दमक, विराटचौक, इटहरी, विराटनगर, धरानमा शाखा कार्यालय सञ्चालनमा छन् । क्याम्ब्रिजले अष्ट्रेलियामा समेत कार्यालय स्थापना गरेको छ । संस्थाले चाडै काभ्रेको बनेपामा समेत शाखा सञ्चालन गर्ने तयारी गरेको निर्देशक सिंखडाले बताए ।