धरान: धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज प्रतियोगितामा साहित्यिक कार्यक्रम अन्तर्गत हाजिरीजवाफ, स्पेलिङ बि, वक्तृत्वकला, कविता, स्केचिङ र पेन्टिङ, सर्ट स्टोरी लेखन, निबन्ध लेखन, पुस्तक समिक्षा लेखन र फोटोग्राफीका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

साइन्याप्स आयोजक समितिकी हाजिरिजवाफ संयोजक समिक्षा शर्माका अनुसार प्रतिष्ठानका डा. दिपेस राज पान्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सिएमसी प्रथम, बिपि ट्राइसेप्स दृतीय तथा नोबेल मेडिकल कलेज तृतीय भएका छन् । त्यस्तै स्पेलिङ बिकी संयोजक श्रेया र सिवान्गी कस्यपका अनुसार फाइनलमा बिपि टिम ए प्रथम, बिपि टिम बि दृतीय तथा एनएमसी तृतीय भएका छन् ।

वक्तृत्वकला अन्तर्गत एक्सटेमपोर स्पिच आयोजना गरिएको जानकारी संयोजक वर्षा गर्ग र राहुल सिंहले दिए । यस अन्तर्गत अङ्ग्रेजीतर्फ बिपिकी सौम्या सिंह प्रथम, जैनाब साहिर पौल दृतीय र सपना कुमारी तृतीय भएका छन् भने नेपालीतर्फ बिपिका किरण चन्द्र पुन प्रथम, कम्सका उदेश पान्डे दृतीय र बिपिका ज्योती बोगटी तृतीय हुन सफल भएका छन् ।

कविता अन्तर्गत स्लेम पोएट्री आयोजना गरिएको जानकारी संयोजक प्रमिशा महर्जनले दिइन् । यस अन्तर्गत अङ्ग्रेजीतर्फ किस्टकी निधि पाठक प्रथम, बिपिकी जैनाब साहिर पौल दृतीय र उर्भी श्रेष्ठ तृतीय तथा नेपालीतर्फ कम्सका उदेश पान्डे प्रथम, बिपिका बिबेक कटेल दृतीय र युवराज अधुकारी तृतीय हुन सफल भएका छन् । स्केचिङअन्तर्गत कम्सका उदेश पान्डे प्रथम, बिपिका अविचल कुमार दृतीय र निधि रानी तृतीय भएका छन् भने पेन्टिङअन्तर्गत बिपिका आकाश कुमार गिरि प्रथम, गिरिश ज्ञावाली दृतीय र रुपक दाहाल तृतीय भएको जानकारी संयोजक सिवान्गी प्रियदर्शिनी र स्वेता दासले दिए ।‍

निबन्ध लेखन अङ्ग्रेजीतर्फ बिपिका शुभम कुमार अग्रवाल प्रथम, जैनाब साहिर पौल दृतीय र अमन पजियार तृतीय भएका छन् भने नेपालीतर्फ बिपिका डा. शिव शर्मा अर्याल प्रथम, कम्सका उदेश पान्डे दृतीय र बिपिका बबिन कर्मचार्य तृतीय भएको जानकारी संयोजक निस्ठा अग्रहरी र शिवानी सिंहले दिए । साथै सर्ट स्टोरी लेखनअन्तर्गत अङ्ग्रेजीतर्फ आइओएमका आसुतोश कस्यप प्रथम, बिपिकी बिदिशा भट्टराई दृतीय र सुशान्त कुमार तृतीय भएका छन् भने नेपालीतर्फ बिपिका हरि लाल केसि प्रथम, अमृत राज जैसी दृतीय र कम्सका उदेश पान्डे तृतीय भएका छन् ।

पुस्तक समिक्षा लेखनअन्तर्गत अङ्ग्रेजीतर्फ नोबेलकी नुपुर अरोरा प्रथम, बिपिकी जैनाब साहिर पौल दृतीय र बिकि कुमार साह तृतीय भएका छन् भने नेपालीतर्फ बिपिका हरि लाल केसि प्रथम, कम्सका उदेश पान्डे दृतीय र अमृत राज जैसी तृतीय भएका छन् । त्यस्तै साहित्यिक कार्यक्रमअन्तर्गत फोटोग्राफी प्रतियोगितामा बिराटका अबिनाश मन्डल प्रथम, किस्टका क्षितिज पौडेल दृतीय र एनएमसीकि अर्शिमा दाहाल तृतीय भएको जानकारी संयोजक मधुरेस गुप्ता र तेजेस साहले दिए ।‍