इटहरी:थारु युवा सभाको इटहरीमा नगर समिति गठन गरिएको छ । सभाको प्रथम इटहरी उपमहानगरको भेलाले तरहराका सक्रिय युवा ऋषी चौधरीको अध्यक्षतामा सभा गठन गरेको छ । चौधरीको अध्यक्षतमा १५ सदस्य कार्यसमिति गठन गरिएको छ ।

सभाको उपाध्यक्षमा तेज नारायण चौधरी, सचिवमा देवराम चौधरी, सहसचिवमा पाण्डन चौधरी र कोषाध्यक्षमा गंगा चौधरी रहेका छन् । तत्काललाई १५ सदस्य समिति बनाएको र पछि पुर्नगठन गर्ने अध्यक्ष चौधरीले जानकारी दिए । इटहरी उपमहानगर क्षेत्रमा चौधरी समुदायका युवाहरुलाई संगठित गरेर सामाजिक काम सँगै जातीय संरक्षणमा लाग्ने आफ्नो योजना रहेको उनले बताए ।