पथरी  : दाङ्गमा भएको बस दुर्घटनामा मृत्यु भएका बिद्यार्थीको सम्झनामा पथरी वहुमुखी क्याम्पसमा दिप प्रज्वलन गरिएको छ ।

सोमबार विहान क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीको आयोजनामा सो कार्यक्रम गरिएकोे हो । मृत्यु भएका विद्यार्थीलाइ श्रद्धान्जली दिन र घाइतेको सिध्र स्वास्थ्यको कामना गर्न सो कार्यक्रम गरिएको अखिलका विवेक न्यौपानेले बताए । मृतक बिद्यार्थीको सम्झनामा मैनवत्ती बलिएको थियो ।
शौक्षिक भ्रमणका क्रममा दाङ्गमा शहिद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका विद्यार्थीको मृत्यु भएको थियो ।