तेह्रथुम: आँखा रोगीहरुलाई लक्षित गरी छथर गाउँपालिकामा आइतबारबाट तीन दिने निःशुल्क आँखा शिविर सुरु भएको छ ।

शिविरको पहिलो दिन आइतबार १ सय ८० जनाले सेवा लिएका छन् । जसमध्ये पुरुष ८४ जना र महिला ९६ जना रहेका छन् । शिविरको पहिलो दिन २१ जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी तेह्रथुम र आँखा उपचार केन्द्र तेह्रथुमको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो ।

शिविरमा आँखा अस्पताल विराटनगरका डाक्टर मनिष पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा जाँच, परामर्श, औषधी वितरण, चष्मा वितरण तथा अपरेसनको काम गरिरहेको छ । शिबिरमा छथरगाँउपालिका अध्यक्ष सन्तबीर लिम्बु, रेडक्रसका जिल्ला सभापति श्रीकृष्ण दाहाल, हमरजुङ्ग स्वास्थ्य चौकीका प्रमुख डगेन्द्र घोर्साने लगायतले शिविरबाट बढी भन्दा बढी लाभ लिन छथरबासीहरुलाई आग्रह गरे ।

तस्बिर स्रोत: गुगल