इटहरी:दाताहरुबाट आर्थिक सहयोग उठाएर इटहरी उपमहानगरपालिका १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले विद्यालयमा अध्यरनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

विभिन्न दाताहरुवाट संकलित १ लाख ६० हजार रकम बराबरको जुत्ता, मोजा, टोपी, स्वीटर वितरण गरिएको हो । इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशव मैनाली लगायतले न्यानो कपडा वितरण गरेका थिए । विद्यालयले नर्सरीदेखि ५ कक्षासम्मका सबै २ सय ७० जना विद्यार्थी र ५देखि माथिल्लो कक्षाका १ सय जना विपन्न वर्गका बालबालिकालाई न्यायो कपडा वितरण गरिएको छ ।

स्थानीय भक्त वहादुर राईले आफनी धर्मपत्नी विष्णुमाया गुरुडको स्मृतिमा ५० हजार सहयोग गरेका छन् । सरकारी विद्यालयमा अध्यनरत गरिब तथा विपन्न वर्गका वालवालिकाका लागि विद्यालयले न्यानो कपडा वितरण गर्नु उदाहरणीय भएको इटहरी उपमहानगर शिक्षामशाशाखा प्रमुख भूपेन्द्र कोइरालाले बताए ।