इटहरी: इटहरी उपमहानगरबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई विदाई र एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ ।

अधिकृत एवं सहसचिव छवि रिजाललाई एक कार्यक्रम गरी विदाई गरिएको थियो । उनी गत जेठ १६ देखि इटहरीमा पाँच महिना प्रमुख प्रशासकीय अधिकृत रहेका थए । इटहरीबाट उनी गरिवि निवारण कोषको कार्यकारी निर्देशकमा काठमाडौ सरुवा भएका छन् । विदाई कार्यक्रममा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,उपमेयर लक्ष्मी गौतम, नयाँ प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले विदाई गरेका थिए ।

सोही कार्यक्रममा इटहरीका मेयर द्धारिकलाल चौधरीले एशियन खेलकुदका लागि नेपालबाट छनौट भएका इटहरीका ४ का खेलाडी सागर राउतलाई ११ हजार नगदसहित सम्मान गरेका थिए । मेयर चौधरीले राउतलाई खेलमा पदक जितेर आउन पनि शुभकामना दिए ।