पथरी: मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयका प्राविधिक कर्मचारीका विषयमा लागेको आरोपका सम्वन्धमा छानविन गर्न कार्यालयले एक समिति गठन गरेको छ ।

पथरीशनिश्चरे १ नम्वर वडाध्यक्ष वाबुराम एङ्देनको अध्यक्षतामा ४ सदस्यीय छानबनि समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा वडा २ का अध्यक्ष यामप्रसाद गुरागाईं, वडा ४ का अध्यक्ष गोविन्दवहादुर भण्डारी र वडा ८ का अध्यक्ष बाबुराम दहाल रहेका छन् ।

समितिलाई एक साताभित्र सत्य तथ्य पत्ता लगाई नगर कार्यपालिकामा प्रतिवेदन पेश गर्ने समय दिइएको छ । नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेको काम कारवाही माथि ग्रिनल्याण्ड कन्सल्टेन्सीका सञ्चालक हेमन्त विष्टको अगुवाईमा कन्सल्टेन्सीमा आवद्धहरुले उजुरी दिएका थिए । नगरपालिकामा उजुरी परेपछि त्यसबिषयमा छानविन थालिएको हो ।