तेह्रथुम : छथर गाउपालिकाको केन्द्र शुक्रबारे बजारमा बुधबारबाट तीन दिने निःशुल्क दन्त उपचार शिविर सुरु भएको छ ।

छथर गाउँपालिकाको आयोजना तथा पुर्वाचल डेन्टल अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाले निशुल्क दन्त उपहार कार्यक्रम आयोजना गरेको हो । शिविरको उद्घाटन गर्दै छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले गाउँपालिकाले दाँत नभएका नागरिकहरुलाई मध्यनजर गरेर शिविर आयोजना गरेको बताए ।
शिविरको पहिलो दिन ४ सय ७० जनाले नाम दर्ता गराएका गाउँपालिकाले जनाएको छ । शिविर उदघाटन कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष तारा ढकाल, दलित सचेतना समाज नेपालका अध्यक्ष अनुभुतिबम नेपाली, नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका मन्त्री गजेन्द्र कन्दंङवा, गाउँपालिका सल्लाहकार समितिका संयोजक धर्मराज खुलाल, संघसंस्थाको तर्फबाट नारायण सुब्बा लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।