पथरी : मोरङ्गको पथरीशनिश्चरे नगरले आफ्ना नगर क्षेत्रका बासिन्दालाई स्वास्थ्य विमा गराउन अभियान नै सन्चालन गरेको छ ।

यसै क्रममा नगरका विभिन्न वडामा स्वास्थ्य विमा कार्यक्रमका बारेमा जानकारी दिन बुुधबार बाट वडा वडामा सचेतना अभियान थालेको हो । यसै क्रममा पहिलो दिन नगरको १० र १ नम्वर वडाबासी लाइ सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिका कार्यालयमा १ नम्वर वडाध्यक्ष वावुराम एङ्गदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, स्वास्थ्य चौकीका जगत मगर सहितले अभिमुखिकरणको सहजिकरण गरेका थिए ।

सरकारले देशैभरी ल्याएको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सवै वडावासीले विमा गरी स्वास्थ्य सुविधा लिन आव्हान समेत गरिएको थियो । ५ जना परिवारसम्मका लागि २ हजार ५ सय रुपैयाँ विमा गर्दा ५० हजार रुपैयाँ बराबरको उपचार सेवा पाउने प्रावधान छ ।

पथरीशनिश्चरे नगरका लागि उपचारको पहिलो विन्दुका रुपमा उर्लावारीको मंगलबारे अस्पताललाई लिइएको छ ।