धरान: युरेका आवासिय माध्यमिक विद्यालयको २५ औं बार्षिकोत्सव तथा सप्ताहव्यापी रजत जयन्ती कार्यक्रम शनिबारदेखि शुरु भएको छ ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटनसहित शनिबार पहिलो दिन वाकाथन कार्यक्रम सम्पन्न भएको छ । वाकाथन कार्यक्रम धरान २ सिंहदेवी चोकबाट बिहानै शुरु भएको थियो । करिब ५ किलोमिटर दुरीको वाकथन पुरा हुन झण्डै २ घण्टा समय लागेको सहभागी एवं सेवक अभियानका अभियन्ता राजिव हलवाईले जानकारी दिए । उनका अनुसार सिंहदेवी चोकमा हाडजोर्नी बिशेषज्ञ एवं बिपी प्रतिष्ठानका पुर्वरेक्टर डा.बिक्रम प्रधानले सिठी फुकेर वाकाथनको शुरुवात गरेका थिए ।

सिंहदेवी चोकबाट शुरु भएको वाकाथन अमरहाट, फुस्रे, जानकी चोक, स्वामीचोक, पानीटंकी, पुतली लाइन, भानुचोक हुदै युरेका स्कुलमा पुगेर टुंगिएको थियो । वाकाथन शुरु हुनुअघि विद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार गुरुङ, निर्देशक सुदिप यल्मोले रजत जयन्ती समारोहसँगै वाकाथान कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए । जानकी चोकमा वाकाथनमा सहभागीहरुलाई डा.श्रेष्ठले स्वास्थ्य चेतनाको बिषयमा मन्तव्य राखेका थिए । स्कुलमा पुगेपछि सेवक अभियन्ता हलवाईले धरानलाई स्वास्थ्य नागरिक बस्ने सहरकोरुपमा परिचित गराउन र रोगमुक्त धरान बनाउन हाइकिङ, वाकाथन जस्ता कार्यक्रमहरु अभियान थालिएको बताए ।

IMG_3854 copy

युरेका स्थापनाको २५ औं बर्षको अवसरमा विद्यालयले पुष १४ गतेदेखि २१ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी रजत जयन्ती मनाउन शुरु गरेको हो । विद्यालयमा भोली आइतबार आधुनिक शिक्षा र शिक्षण शैली सम्बन्धी गर्नेछ । जसमा प्रदेश नं १ का ४० भन्दा बढी शिक्षाविदहरु सहभागी हुने विद्यालयले जनाएको छ । उक्त कार्यक्रमको निष्कर्षलाई प्रदेश र स्थानीय सरकारलाई बुझाउछौ, त्यसले शिक्षा नीति बनाउन महत्वपुर्ण सहयोग पुग्ने प्रिन्सिपल गुरुङले बताएका छन् ।

यस्तै, पुष १६ गते प्राथमिक तहको स्पेलिङ र माध्यमिक तहको कोलाज प्रतियोगिता, पुष १७ गते विद्यालयमा पढिरहेका विद्यार्थीहरुसँग हजुरबा हजुरआमासँग भेटघाट कार्यक्रम, १८ गते भूपू शिक्षक, कर्मचारी तथा भूपू विद्यार्थीहरुको भेटघाट एवं रात्री भोज, पुष १९ गते युरेका स्कुलमा बिहानै रक्तदान कार्यक्रम, २० गते कक्षा प्ले ग्रुपदेखि कक्षा ५ सम्मको साँस्कृतिक कार्यक्रम सभागृहमा आयोजना हुनेछ । यसैगरी, पुष २१ गते कक्षा ६ देखि माथिको साँस्कृतिक कार्यक्रमसँगै सप्ताहव्यापी कार्यक्रमको समापन सभागृहमा गरिने विद्यालयले जानकारी दिएको छ ।

IMG_3879 copy