विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेको छ ।

आज  (आईतबार) एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको हो । नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियाली स्वरुप विशेष उत्साह र उमंगका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नयाँ बर्षको रुपमा मनाइले ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दे आएको मैले विश्वास लिएको छु, जारी शुभकामना सन्देशमा भनिएको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको बताउँदै मुख्यमन्त्री राईले यस्ता विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी रहेको उल्लेख गरेको छ ।  मुख्यमन्त्री राईले संर्कीणता र स्वार्थबाट माथि उठेर बलियो राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न यस्ता अवसरहरु फलदायी हुने अपेक्षा गरेको छ ।

मृग वर्गका रुपमा सुरु भएको नयाँ बर्षले प्रदेशको विकास र समृद्धिको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, मुख्यमन्त्री राईको सन्देशमा उल्लेख छ ।