इटहरी: नेपाल रेड्क्रस सोसाईटी उपशाखा इटहरीले सरस्वती सदन माध्यमिक विद्यालय इटहरीमा अध्ययनरत विद्यार्थीहरुलाई जाडो वढी रहेको समयमा स्वीटर वितरण गरेको छ ।

जाडोको कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या नहोस भनेर नेपाल रेड्क्रस सोसाइटी इटहरीले एक सय विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको जनाएको छ । जाडोको समयमा साना वालवालिकाहरु प्रभावित हुने गरेकोतर्फ मध्यनजर गर्दै विद्यालयमा स्वीटर वितरण गर्दै आएको रेड्क्रड सोसाइटी इटहरीका सभापति विमल पौडेलले वताए । विद्यार्थीहरुका लागि स्वीटर वितरण कार्यक्रममा नेपाल रेडक्रस सोइसाइटी सुनसरीका मन्त्री मुकुल कायस्थको प्रमुख अतिथ्यता रहेको थियो ।

विद्यालयमा अध्ययनरत ४सय ३२ विद्यार्थी मध्ये आवश्यकताका आधारमा विद्यार्थीहरु छनौट गरी रेड्क्रसले एक सय जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि कायस्थ, विद्यालयका प्रधानाध्यपाक बासुदेव कर्ण लगायतले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका थिए । रेड्क्रस सोसाइटी इटहरी यस अघि पनि इटहरीकै महेन्द्र मावि र सरस्वती माविमा समेत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको रेड्क्रस सोसाइटीका सचिव सञ्जीव ढुंगानाले जानकारी
दिए ।