बाग्लुङ : बाग्लुङमा एक वर्षको अवधिमा १५४ जना बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ ।

बालबालिकामा उमेरअनुसारको तौल नभएकाले स्वास्थ्य समस्या भएका, खान नपाएका र खानाको मात्रा नमिलेकै कारण कुपोषणको समस्या देखा परेको हो। कुपोषणको समस्या देखिएका बालबालिकाहरुलाई धौलागिरी अञ्चल अस्पतालको पोषणगृहमा राखेर उपचार गराइएको छ ।

स्वास्थ्य कार्यालय र सुआहारा कार्यक्रम मार्फत आमा र स्वास्थ्यको सुधारमा तोकिएका सूचक राखेर अनुसन्धान गर्दा कुपोषणको समस्या देखा परेको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर रेशम नेपालीले बताए ।
सामान्य अवस्था भएकालाई नीलो, जोखिमतर्फ लागेकालाई पहँेलो र पूर्ण जोखिम बालबालिकालाई रातो रंगको समूहमा राखेर उपचार गरिन्छ ।