इलाम : इलामको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्कुल बस चढ्न पाएका छन् ।

इलामको रोङ गाउँपालिका–४ भालुझोडाको श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु गत वर्षबाट यस्तै सुकिला स्कुल बस चढ्छन् । गत वर्ष भएको स्थानीय तहको चुनावपछि साउनमा सो विद्यालयलाई गाडी किन्न ३० लाख अनुदान दिइएको थियो । गाउँपालिकाको अनुदान र विद्यालयको आन्तरिक आम्दानी जोडेर स्कुल बस किनेको विद्यालयका प्रधानाध्यापक प्रेम राईले बताए ।

दैनिक डेढ सय हाराहारी विद्यार्थी स्कुल बसमा यात्रा गर्ने भएकाले सामुदायिक विद्यालयमा विद्यार्थी घट्न छाडेको राईले जानकारी दिए । सवारी हुँदा सहज विद्यालय जान पाइने भएपछि निजी स्कुल जानेहरू नि अहिले सामुदायिक विद्यालय आउन थालेको राईले बताए ।