तेह्रथुम: महिला मानव अधिकार रक्षक सञ्जाल तेह्रथुमको अध्यक्षमा टंकमाया लिम्बु चयन भएकी छिन् ।

सन्जालको शुक्रबार म्याङलुङ्गमा भएको ११ औँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा मदनकुमारी आङदेम्बे, सचिवमा गंगा चोङ्वाङ्ग, सह–सचिवमा सावित्रा खवास र कोषाध्यक्षमा टिका न्यौपाने रहेकी छिन् ।

यस्तै सदस्यहरुमा यसोदा चेम्जोङ्ग, खेमकुमारी गौतम, दुर्गा ढुंगाना, माया गौतम, सुमनलक्ष्मि खनाल, पुष्पा दंगाल, विन्दा उप्रेती र धनमाया सुवेदी चयन भएकी छिन् । अधिवेशनको उद्घाटन कार्यक्रममा महिला मानव अधिकार रक्षक संजालकी सचिव गंगा चोङवाङले संजालको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट म्याङ्गलुङ नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुनुभएकी महिला मानव अधिकार रक्षक संजालका सदस्य पार्वतीसानु डाँगीलाई सम्मान गरिएको छ ।

महिला मानव अधिकार रक्षक संजालले जिल्लामा विगत ११ वर्ष देखि महिला तथा बालिका माथि हुने हिंसा न्युनिकरणका लागि पहल गर्दै आएको छ । ‘लैङगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ सन्चालित संजालले जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको छ । यस्तै बलात्कार विरुद्ध ४ महिने अभियान समेत संजालले सफल रुपमा सम्पन्न गरेको जनाएको छ ।

लैङगिक हिंसा विरुद्धको १६ दिवसीय अभियानमा पनि आयोजकको सदस्य सचिवको रुपमा संजालले जिम्मेवारी लिई अभियान सफल बनाउने कार्यमा विषेश योगदान गरेको समेत सन्जालको प्रगति प्रतिवेदनमा उल्लेख रहेको छ । साधारण सभामा महिला मानव अधिकार रक्षक संजालकी कोषाध्यक्ष टिका न्यौपानेले संजालको आर्थिक प्रगती प्रतीवेदन प्रस्तुत गरिन् । संजालले सन् २०१८ मा जिल्लामा हिंसा प्रभावित विभिन्न प्रकृतिका ३ जनालाई जनही ५ हजार ५ सय रुपैँयाँ सहयोग गरेको छ ।

संजालको हालसम्म ५३ हजार २ सय ५५ रुपैँयाको कोष रहेको र सो कोषको व्याजबाट संजालले आफ्नो गतीविधी संचालन गरीरहेको संजालकी कोषाध्यक्ष न्यौपानेले बतााइन् । कोषमा १९ हजार ३ सय रुपैया आय रहेको छ भने ८ हजार व्यय रहेको समेत सार्वजनिक गरेको छ । साथै सञ्ंजालले अनुमानित २ लाख ५ हजार बराबरको प्रस्तावित बजेटको समेत प्रस्ताव गरेको छ । जसमा हिंसा प्रभावितहरुलाई सहयोगका लागि २० हजार, जिल्लाका सबै स्थानीय तहमा संजाल गठन तथा अभिमुखिकरणका लागि १ लाख ५० हजार, संजालका सदस्यहरुका लागि अभिमुखिकरणका लागि १० हजार, दिवशिय कार्यक्रमको लागि १० हजार, मानव अधिकार हनन्को अनुगमन कार्यक्रमका लागि १ हजार ५ सय रुपैँयाको प्रस्ताव बनाएको सन्जालले जनाएको छ ।