पोखरा : केहीदिन अघि मात्रै कैलालीको टीकापुर घटनाको मुख्य आरोपित रेशम चौधरीलाई प्रतिनिधीसभा सदस्यको सपथ खुवाएपछि ज्यान मुद्दामा दोषी ठहरीएको मनाङगेलाई पनि सपथ ग्रहण गराउने वा नगराउने भन्ने चर्चा सुरु भएको छ ।

गण्डकी प्रदेशसभाका लागि मनाङ (ख) बाट विजयी भएका दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई सपथ गराउने वा नगराउने भन्ने विषयमा आइतबार दिउँसो २ बजे सांसद कार्य व्यवस्था परामर्श समितिले छलफल गर्दैछ । स्वतन्त्र उमेदद्वार बनेर विजयी भएका उनलाई सपथ खानै नपाइ पक्राउ गरी जेल चलान गरिएको थियो । यद्यपि, उनी अघिल्लो साता थुनामुक्त भए ।

थुना मुक्त भएका मनाङगेले गण्डकी प्रदेशसभामा सपथ खान पाउँ भनी निवेदन दर्ता गराएका थिए । रेशम चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा जेलबाटै लगेर सपथ खुवाएर फेरि जेलमै लगेपछि मनाङगेले सपथ खान पाउने सम्भावना पनि उत्तिकै देखिएको छ । मनाङगेको सपथ हुने वा नहुने विषयमा संसद कार्य व्यवस्था परामर्श समितिको बैठक ताकेको समितिका संयोजक मायानाथ अधिकारीले जानकारी दिए ।

सभामुखले यस विषयमा छलफल गर्न आज परामर्श समितिको बैठक डाकेको हो । बैठकमा केही छलफल होला त्यसैको आधारमा सभामुखले निर्णय लिने अधिकारीले जानकारी दिए ।