धरानः चर्चिच गायक तथा समाजसेवी प्रकाश पौडेलले धरान १७ स्थित सम्यक शिक्षा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबार जाडोको न्यानो कपडा वितरण गरेका छन् ।

गायक पौडेलले दुवईबाट संकलन गरी ल्याएको रकमले विद्यालयका ५ कक्षा भन्दा मुनिका १ सय ४ जना वालवालिकालाई जाडोको न्यानो कपडा वितरण गरेको हो । नेपाल वायु सेवा निगमक प्रवक्ता एबम् बरिष्ठ क्याप्टेन विजय लांमाको प्रमुख आतिथ्यतामा विद्यालयमै पुगेर वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । न्यानो कपडा बरिष्ठ क्याप्टेन लामा, गायक पौडेललगायतले हस्तान्तरण गरेका थिए । कलाकारीता क्षेत्रमा पनि आवद्ध बरिष्ठ क्याप्टेन लामा सेलिब्रटी पाइलटको रुपमा पनि परिचित छन् ।

IMG_20190107_102049 copy

सोही अवसरमा बरिष्ठ क्याप्टेन लामा, केयी एडभरटाइजिङका बजार निर्देशक पुष्प अर्याल, रविन बराल र दिपक रञ्जनसमेतले संयुक्त रुपमा २५ हजार मुल्य बराबरको शैक्षिक तथा खेलकुद सामग्री विद्यालयलाई हस्तानतरण गरेको विद्यालयका प्रअ सरोज श्रेष्ठले बताए । त्यसैगरी, १७ नं. वडा कार्यालयले पनि विद्यालयलाई कपडा हस्तानतरण गरेको थियो । विद्यालयका कक्षा ६ र ७ का ३६ जना विद्यार्थीलाई हस्तानतरण गरेको प्रअ श्रेष्ठले बताए । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष अशोक कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा १७ नं. वडाका कार्यवाहक अध्यक्ष सुवास वर्देवा, सम्यक शिक्षा समूहका अध्यक्ष चन्द्रमाया शाक्य, निर्वतमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सम्यक छात्रवृत्ति परियोजनाका निर्देशक सन्दीप शाक्य, विद्यालयका संस्थापक सदस्य विद्या शाक्यलगायतको उपस्थिती रहेको थियो ।

IMG20190107101941(1) copy