पथरी : मोरङको पथरीशनिश्चरेका २९५ जनाको आखाँको जाँच गर्दा २५ जनामा मोतियाविन्दु फेला परेको छ ।

पथरीको पथरी वहुमुखी क्याम्पसमा मंगलबार भएको आखाँ जाच शिविरमा मोतिया विन्दुका विरामी फेला परेका हुन ।
मोतियाविन्दु भएका सवैलाई निशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल विर्तामोड लगिएको कार्यक्रम संयोजक डम्वर प्रधानले जनाए ।
मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सहारा नेपाल जीवन वरदान विभागका समेत स्वास्थ्यकर्मीले आखाँ तथा सुगर र प्रेसरको निशुल्क शिविर सञ्चालन गरेका थिए । कुल २ सय ९५ जनाको चेकजाँच गर्दा १ सय ४० जनामा सुगर र प्रेसर फेला परेको थियो । शिविर पथरी क्याम्पसको समेत सहयोगमा क्याम्पसमा सम्पन्न भयो ।