धरान: सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बि.पी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान भित्रको लियो क्लब अफ धरान घोपा युनाइटेडले दाँत माँझ्ने र हात धुनेबारे जनचेतनामुलक तालिम आयोजना गरेको छ ।

'हाइजिन: आवर कन्सर्न' प्रोजेक्टमा मोडिफाइड बास टेकनिकबाट दात माँझ्ने र वैज्ञानिक ७ चरणमा हाथ धुने तरिका सम्बन्धि प्रस्तुति क्लबका अध्यक्ष लियो युकेश कुसी र कम्युनिटी सर्भिस डाइरेक्टर लियो ससान्क भट्टराईले दिएका थिए । 'हात धोऊँ जानेर, रोग जान्छ भागेर' र 'ब्रस गरौँ यसरी, किटाणु भागोस् त्यसरी' भन्ने सन्देशका साथ बिपि प्रतिष्ठानमा प्रथम बर्षमा अध्ययनरत १ सय ४० जना विद्यार्थीहरुलाई सो तालिम दिइएको क्लबका सचिव लियो शुभम कुमार अग्रवालले जानकारी दिए ।

अरु संस्थाहरुसँग मिलेर धरानका विभिन्न निजि तथा सरकारी विद्यालयहरुमा पनि हात धुने र दाँत माँझ्ने तालिम संचालन गर्ने कुरा सो क्लबका कम्युनिटी सर्भिस डाइरेक्टर लियो निशान्त डल्लाकोटीले बताए । प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले प्रतिष्ठानमा यहि बर्ष स्थापना गरेको लियो क्लब अफ धरान घोपा युनाइटेडले आउदा दिनहरुमा समाजप्रति उत्तरदायि हुदै रक्तदान कार्यक्रमहरु, जनचेतना मुलक सडक नाटकहरु, दुर्गम ठाउँहरुमा नि:स्शुल्क स्वास्थ शिविरहरु तथा विविध समाज सेवा, शिक्षा, स्वास्थ र व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्ने क्लबका उपाध्यक्ष लियो मधुरेस गुप्ता र लियो सिलन भन्डारीले बताए ।