इटहरीः मगर जातिको महान चाड माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ इटहरी उपमहानगर समितिको आयोजनामा इटहरीको जनता बहुमुखी क्यामपसमा एक कार्यक्रम गरी मनाएको छ ।

संस्कृति जोगाउने उद्देश्यसहित भएको कार्यक्रममा मगर जातिको भेषभुषासहितका सबै भेला भएर एकअर्कामा आदनप्रदान गरी पर्व मनाएको हो । बिगत लामो समयदेखि मनाउदै आएको माघो संक्रान्ति यस बर्ष पनि भव्यताको साथ मनाएको कार्यक्रमका उपाध्यक्ष भोज बाहदुर मगरले बताए । बिभिन्न सास्कृतिक कार्यक्रम सहित मनाईएको कार्यक्रममा बिभिन्न खाने परिकारको पनि व्यवस्था गरिएको थियो ।

कार्यक्रममा प्रदेश एकका सामाजिक बिकास मन्त्रि जिवन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । हाम्रो संकल्प शिक्षा, संगठन, सर्घष र समृद्धि अभियान मार्फत मगर समुदायको उन्नति भन्ने नारा सहित बभिन्न कार्यक्रमका् आयोजना हुदै आएको थियो । कार्यक्रममा खोप बहादुर मगर, सर्वध्जय सावाँ, मगरसंघको प्रदेश संयोजक तेज कुमार आलेमगर लगायतले माघ्य संक्रान्तिको सुभकामना व्यक्त गरेका थिए ।