काठमाडौं : सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

अचेल कोरियन भाषा परीक्षा कागजमा दिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन,’ उनले भने, ‘हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं, त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ ।’

–नागरिक दैनिकबाट