इटहरी: इटहरी उपमहानगरपालिकाको चौथो नगरसभा सुरु भएको छ ।

नगरसभाले कर छुट र मिनाहाको समयावधि फागुन मसान्तसम्म थप गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि असोज मसान्तसम्म थप गर्ने निर्णय भएको थियो । उपमेयर लक्ष्मी गौतमले सभामा राखेको प्रस्तावमा वडाध्यक्ष दिपक गौतमले सर्मथन जनाएका थिए । सभामा उपमेयर लक्ष्मी गौतमले आर्थिक ऐन २०७५ को दफा २२ को उपदफा १ देखि ४ सम्म संशोधनका लागि पनि प्रस्ताव पेश गरेकी थिइन् ।

itahariy

यसैगरि सदस्य राम कुमार चौधरीले योजना परिवर्तन संसोधन प्रस्ताव पेश गरिन् । सो प्रस्तावमा संशोधन दर्ता गराउन माघ ४ गतेसम्मका लागि समय दिइएको छ । सभाअध्यक्ष मेयर द्धारिकलाल चौधरीले सभालाई सम्वोधन गर्दै आर्थिक ऐन २०७५ र विनियोजन ऐन २०७५ कार्यावन्यनको क्रममा केही संशोधन र पूनरावलोकन आवश्यक देखिएको बताए । साथै, केही नीतिगत प्रस्तावमाथि छलफल गरी पारित गर्नका लागि सदस्यहरुले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास राखेको पनि बताए ।

सभामा सदस्य गणेश केसीले समीक्षात्मक अनुभव प्रस्तुत गरेका थिए । उनले आगामी दिनदेखि योजनाहरु संशोधन नगरी अघि वढनु पर्नेमा जोडदिए । चौथो नगरसभा माघ १० गते १ वजेसम्मका लागि स्थगित गरिएको छ । सभा मर्यादित र ब्यवस्थित भएको जनाउदै विज्ञ सल्लाहकार जगदिश ओलीले प्रसंसा गरे ।