सुनसरी: प्रदेश नम्वर १ को एक मात्र एसओएस हर्मन माइनर विद्यालय इटहरीलाई निरन्तरताको लागि प्रदेश र स्थानीय सरकारले सहयोगको प्रतिवद्धता जनाएको छ ।

अविभावक र आफन्त गुमाएका साथै पछाडि पारिएका उत्पिडित समुदायका वालवालिकाहरुलाई पढाउन विभिन्न दाताको सहयोगमा सञ्चालित सो विद्यालयलाई दाताको सहयोग नरहदा पनि निरन्तरताका लागि स्थानीय र प्रदेश सरकारले प्रतिवद्धता जनाएको हो । एसओएस इन्टरनेशनलले सन २०२० देखि विद्यालय सञ्चालनका लागि सहयोग नगर्ने भएपछि सरोकारवाला पक्षसँग छलफल गरिएको हो ।

एसओएस वालग्राम इटहरीले आयोजना गरेको कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने साथ सहयोग रहने वताए । प्रदेश सांसद सर्वध्वज सावाँ र संविधानसभाका पूर्व सांसद धर्म निरौलाले पनि स्थानीय र प्रदेश सरकारले सहयोग गरेर यो विद्यालयलाई पूवर््ाकै नमूना वनाउनुपर्नेमा जोडदिए । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्थानीय सरकार एसओएस विद्यालयसँग सहकार्य गरेर अघि बढन तयार रहेको बताए ।

एसओएस नेपालका राष्टिय निर्देशक इश्वरी प्रसाद शर्माले स्थानीय र प्रदेश सरकारबाट प्राप्त प्रतिवद्धताले आर्थिक श्रोत अभावले विद्यालय बन्द नहुनेमा ढुक्क बनेको प्रतिक्रिया दिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले विद्यालयको अवस्था, चुनौती र चुनौती समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । एसओएस वालग्राम इटहरीमा १ सय ३५ जना अविभावक गुमाएका वालवालिका बस्दै आएका छन् । उनीहरुको आवासका लागि १४ वटा भवन छ । विद्यालयमा ५ सय ५० जना वालवालिका पढदै आएका छन । सो विद्यालय इटहरीको ए ग्रेढको विद्यालयका रुपमा परिचित छ ।