इनरुवा : सुनसरी सदरमुकाम इनरुवामा रहेको सबै भन्दा पुरानो विद्यालयको रुपमा अवस्थित श्री भगवती मावीमा सर्वसहमतीबाट नयाँ ब्यवस्थापन समिति चायन भएको छ ।

विद्यालय ब्यवस्थापन समितिको पदाधिकारी चयन प्रक्रिया समेत सांसद चुनाव जस्तो हुने गरिएको गुनासा तथा घटनाहरु भइरहेकैबेला भगवती माविमा भने सर्वसहमतीबाट नयाँ ब्यवस्थापन समिति चयन भएको हो ।

बिहिबार नयाँ चयन भएको समितिमा इस्राइल मन्सुरी अध्यक्ष भएका छन् भने समितिमा बच्चुलाल खत्वे, किसुन्देव मेहता, गितादेवी यादव, श्यामा कुमारी, भन्डारी बिस्वास, मिरा अधिकारी, रामचन्द्र पौदार वडाअध्यक्ष र बेनु सिग्देल रहेका छन् । समितिको सदस्य सचिवमा भने बिद्यालयको प्रधानाध्यापक गङा पौडेल बराल रहेका छन् ।
प्रधानाध्यपक र सम्वन्धित वडा अध्यक्ष उक्त समितिमा रहेने पदेन ब्यवस्था नै रहेको छ । भगवती मावी देशकै निकै पुरानो मध्येका एक बिद्यालय हो ।