इनरुवा : सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ८ ले जाडोमा न्यानो कपडा वितरण गरेको छ । दुहवी नगरपालिका वडा नम्वर ८ को कार्यालयले विहीवार एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको छ ।

दुहवी ८ स्थित श्री विपि आधारभुत विद्यालय र दुहवी ८ स्थित विष्णु माविका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाइ न्यानो कपडाको रुपमा स्वीटर र टोपी वितरण गरिएको हो । कार्यक्रममा अध्यक्षता गर्नु भएका दुहवी वडा नम्वर ८ का वडाध्यक्ष तारिचन्द सरदारले विद्यार्थीहरुलाइ २ लाख ५० हजार बरावरको ४ सय स्वीटर र टोपी वितरण गर्नुकासाथै ज्येष्ठ नागरिक,अपांग तथा एकल महिलाहरुलाइ समेत ३ लाख ५० हजार बरावरको ३ सय ५ थान कम्वल वितरण गरिएको जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहँनु भएका दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले न्यानो कपडा बितरण गर्नुहुँदै सामाजिक सुरक्षाकालागि ज्येष्ठ नागरिक,अपांग तथा एकल महिलाहरुलाइ सम्मान गर्नुपर्ने र वालवालिकाहरुलाइ नैतिक शिक्षा दिनु पर्नेमा जोड दिनु भएको थियो ।

सो अवसरमा दुहवी ८ का ज्येष्ठ नागरिक ९७ वर्षिय देवी प्रसाद पोखरेल र ८३ वर्षिय झमनी चौधरीलाइ सम्मान गरिएको थियो । सम्मानित हुँने ज्येष्ठ नागरिकहरुलाइ प्रमुख अतिथि मेयर बेदनारायण गच्छदार र बिशिष्ठ अतिथि उपमेयर सुनिता दाहाल साहले दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दुहवी ८ का वडा सदस्य बिनय दाहालले राख्नुभयो । कार्यक्रममा दुहवी ८ र ९ का वडाध्यक्षहरु तारिचन्द सरदार र मेहदी हुसैन, दुहवी ८ र ९ का वडा सदस्यहरु, समाजसेवी, वुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।